Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झन्डै नौ लाख पुरस्कार राशीको सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु

झन्डै नौ लाख पुरस्कार राशीको सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु
विज्ञापन
Advertisement

काठमाडौं । सूर्य नेपाल एनपीजीए टुर आजदेखि सुरु भएको छ । सूर्य नेपाल गल्फ टूर–२०२४–२५ को पाँचौँ इभेन्टका रूपमा प्रतियोगिता आजदेखि काठमाडौंस्थित गोकर्ण गल्फ क्लबमा सुरु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

७२ होलमा प्रतिस्पर्धा हुने प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ३० व्यावसायिक गल्फर र १० एमेच्योर खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।

कुल आठ लाख ८२ हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता शीर्ष २१ सम्मका खेलाडीलाई नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा व्यावसायिक गल्फर भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, दीनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, एमेच्योरतर्फ सद्भाव आचार्य र राहुल विश्वकर्माको चुनौती रहने छ ।

← Back

Thank you for your response. ✨

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit