Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

समयमै निर्माण सक्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन, डोल्पामा २३० मेगावाटभन्दा बढीका दुई आयोजना निर्माणाधीन

समयमै निर्माण सक्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन, डोल्पामा २३० मेगावाटभन्दा बढीका दुई आयोजना निर्माणाधीन
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजना निर्माणमा ढिलासुस्ती नगर्न आग्रह गर्दै समयसीमाभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले कर्णालीजस्तो विकट क्षेत्रमा पनि आयोजनाको काम द्रुतगतिमा अघि बढिरहेको भन्दै खुशी व्यक्त गरे । आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्नुका साथै देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

निर्माणका क्रममा देखिने प्राविधिक वा प्रशासनिक समस्या तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै मन्त्री श्रेष्ठले समस्या समाधानमा मन्त्रालयले सहजीकरण गर्ने बताए ।

“निर्माणका क्रममा देखिने समस्या मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोस्, हामी त्यसको समाधान तत्काल खोज्नेछौँ । तर कार्य प्रगतिमा कुनै ढिलासुस्ती हुनुहुँदैन,” मन्त्री श्रेष्ठले भने ।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गत डोल्पामा १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र १२४.३५ मेगावाटको जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त आयोजना निर्माण भइरहेका छन् ।

कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौत पनि सहभागी थिए । सरकारका अनुसार यी आयोजना सम्पन्न भएपछि डोल्पा क्षेत्रको भौतिक पूर्वाधार विकास र आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit