Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

बजेट निर्माणको अन्तिम तयारीमा रहेका अर्थमन्त्री वाग्लेलाई ८ पूर्व अर्थमन्त्रीको ७८ बुँदे सुझाव, कसले के भने ?

बजेट निर्माणको अन्तिम तयारीमा रहेका अर्थमन्त्री वाग्लेलाई ८ पूर्व अर्थमन्त्रीको ७८ बुँदे सुझाव, कसले के भने ?
विज्ञापन
Advertisement

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग व्यापक छलफल तथा सुझाव संकलन गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार काठमाडौंमा आयोजित एक विशेष छलफलमा अर्थमन्त्री डां वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका प्राथमिकता र अर्थतन्त्र सुधारका उपायबारे परामर्श लिएको उनको सचिवालयले जनाएको छ। छलफलको सुरुवातमै आफ्नो धारणा राख्दै अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘बजेटको अन्तिम समयमा छु । हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ। राजनीतिक परिस्थिति जे –जस्तो रहे पनि विगतमा सबै पूर्व अर्थमन्त्रीहरूको उद्देश्य देश र जनताका लागि राम्रो गर्ने नै थियो। तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने हो ।’

उक्त छलफलमा पूर्व अर्थमन्त्रीहरूले राजस्व लक्ष्य, आयोजना छनोट, वैदेशिक ऋण, पर्यटन तथा सार्वजनिक संस्थान सुधारका विषयमा स्पष्ट र कडा दिएका छन्। उनीहरुले वित्तीय अनुशासन र आयोजना व्यवस्थापन देखि कर प्रणाली र वित्तीय क्षेत्रमा सुधार, निजी क्षेत्रको मनोबल र लगानी सुरक्षा, उत्पादन र खानी उत्खननलगायत विविध सुझाव अर्थमन्त्रीलाई दिएका छन् ।

कुन –पूर्व अर्थमन्त्रीले के दिए सुझाव ?

 पूर्व -अर्थमन्त्री रामेश्वर खनाल 

१ उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न आग्रह । 
२ तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछरौँ ।
३ विद्युतमा मुअ कर न लगाउनुस् । 
 

पूर्व अर्थमन्त्री शंकर कोइराला 
१ रामेश्वर खनाल लगायतका पुराना आर्थिक प्रतिवेदनहरू अनुशरण गरौँ ।
२ सहि मान्छे सही ठाउँमा सही समयमा आउनुभएको छ । सफल हुनुस् । 
३ विद्युत् व्यापारका लागि निजि क्षेत्रलाई खुला गरौँ । 
४ आयोजना निर्माणका लागि वनको अप्ठ्यारो फुकुवा गरौँ  ।
५ नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयास गरौँ । 
६ हेजिङ पोलेसी अगाडि बढाऔँ । जनार्दन शर्माको पालामा अघि बढीको कार्य अघि बढाऔँ ।  
७ पुराना उद्योग जगाउने कुरा कति व्यवहारिक छ । सोचौँ । सरकारले नयाँ कपडा उद्योग चलाउनु पर्छ ।

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा
 
१ अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ । तर, राजनीतिले छक्का हान्न खोज्छ । तपाईं बाउन्ड्रीमा बस्नुस् । 
२ राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत हो । १५ प्रतिशत नराख्नुस् । 
३ यो वर्ष १२ माथि पुगे पनी १३ अर्ब राजश्व पुग्दैन । 
४ बजेट साँढे २० खर्बको बनाउनु होला । १६ र १७ खर्ब खर्च होला । तर, ठूलो महत्त्वाकाङ्क्षी राजश्व लक्ष्य नबनाउनुस् ।
५ आयकरको सीमा तल्लो स्ल्याब नचलाउनुस् । 
६ अन्तशुल्क जबर्जस्ती लगाइरहेका छौँ । कम गर्दै जाउँ।
७ मुअक दुई दरमा नजानुहोला।
८ संघको सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोकौँ । 
१० लक्ष्यका केही कुरा पुरा गर्न सकिन्छ भने प्रयास गरौँ ।
११ स्वास्थ्य बीमामा थैली नबढाई जाऔँ ।
१२ कृषिमा अनुदान दिन जरुरी छ। अर्थतन्त्रमा कृषिमा मधेसको योगदान घटेको छ । यसमा ध्यान दिन जरुरी छ । 
१३ राष्ट्रिय गौरवका आयोजनामा हामीले नै मनपरि गरेउँ। तपाईंले यो कुरा भंग गर्नुहोस् । नयाँ सिराबाट अघि बढ्नुहोस् । 
१४ संस्थानहरुलाई एकीकृत तरिकाले विकासको मोडलमा लैजाऔँ ।
१५ एलडीसी स्तरोन्नतीमा खुट्टा नकमाउनुस् । 
१६ मुलुकलाई ग्रेलिष्टबाट निकाल्न कुटनैतिक पहल गर्नुस् ।  दुई चार जना मान्छे थुनेर मात्रै हुँदैन । 
१७ वित्तीय क्षेत्र सुधार गर्नुस्। राष्ट्र बैंकसँग समन्वय होस् । 
१८ निजी क्षेत्रको मनोबल बढाउनुस् । तबमात्रै ७ प्रतिशत आर्थिक वृद्धि सम्भाव छ । 

पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी
 
१ सरकार र निजि क्षेत्र मिलेर जाने वातावरण बनाऔँ । 
२ साना,मझौला र ठूलो औद्योगिक र निजी क्षेत्रलाई कसरी बजेटले सम्बोधन गर्ला । मेरो सल्लाह छ सबैलाई प्रोत्साहनको नीति लिउँ। 
३ काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिउँ ।
४ कृषिलाई अनुदानबाट प्रोत्साहन जरुरी छ । 
५ स्थिर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यन्वयन गर्नुस् ।
६ निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्नुपर्छ । लगानी अनुसारको प्रतिफल मिलिरहेको छैन् । 
७ कृषि उपजलाई भारतीय बजार खोज्नुस् । आर्थिक सम्वाद गर्नुस् । 

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे 

१ LMBISमन्त्रीको जस्तो भएको छ । विषयगत मन्त्रालयको मन्त्रीको जस्तो भयो । 
२ ठूलो आयोजना धेरै भयो । घटाउनुस् । 
३ मध्य पहाडी राजमार्ग सांसदले घरजाने बाटो बनाए । अब पहाड छेडेर सुरुङ बनाउँ। 
४ राष्ट्रिय गौरवको आयोजनालाई ४/५ वटा मात्रै बनाऔँ । 
५ जमिन प्रयोग सम्बन्धि कानुन सुधार नगर्ने हो भने केही गरि पनि गर्न सकिन्न । 
जग्गालाई कृषि जमिन,उद्योग जमिन, आवास जमिन र व्यवसाय जमिन बनाऔँ ।
६ पर्यटनको क्षेत्रमा गहन काम गरौँ। भारतीय पर्टकलाई आकर्षित गर्ने योजना ल्याउँ।
७ जिर्ण सरकारी उद्योगहरु चलाउन स्पष्ट होउँ। कि सरकारी कि निजी तर सरकारले चलाउन सक्ने अवस्था अहिले देख्दिन । यो मामिलामा मैले सबै पक्षलाई असल देखिरहेको छैन् । 
८ सरकारी कार्यालय र कर्मचारीलाई वस्तु गरिद गर्ने कार्यमा रोक लगाउन पर्छ । 
९ कर्मचारीको संख्यालाई २० प्रतिशतले कटौती गर्न सकिन्छ कि सकिन्न ?  

पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महत
 
१ सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिउँ। यो निर्णय तपाईंले गर्नसक्नुहुन्छ । तपाईंलाई अवसर छ आँट गर्नुस् । 
२ नचाहिने संरचना हटाउन आँट गर्नुस् । 
३ नेपाल एयरलाइन्सलाई मैले निजीकरण मोडलमा चलाउन सकिन । गर्छु भनेको गर्न सकिन तर तपाईं गरिहाल्नुस् । नत्र यो निकै कठिन हुन्छ । सरकारले धान्न सक्दैन । 
४ सरकारी उद्योग र जमिनलाई लिजमा दिनुस् । निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको बाहेक सबै सरकारको हुने गरि लिजमा दिउँ। 
५ वैदेशिक ऋण अति आवश्यकबाहेकमा घटाऔँ।  
६ पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्नुहोस् । यो सरकारको र जनताको भन्दा पनि ठेकदारको स्वार्थ देखियो।
७ पाँच अर्ब भन्दा माथिको ठेक्कामा केही सिमितको मिलोमतो देखिन्छ । यसलाई रोक्नुस् । ठूला ठेक्का टुक्रयाएर मात्रै दिनुस् । 
८ उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिउँ। 
९ आयतित कृषि उपजमा भ्याट लगाउँ।
१० पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाऔँ। 

पूर्व -अर्थमन्त्री वर्षमान पुन

१ डा.वाग्ले बजेट बनाउन अप्ठ्यारो अवस्थामा हुनुहुन्छ।
२ विगतमा हामीले राम्रो पुर्वाधार बनाएछौँ । तर,औद्योगिक करिडोर बाहेक अन्यमा गरिएको लगानीको प्रतिफल कमजोर देखिन्छ । 
३ पूर्व पश्चिममा हुलाकी देखि मध्य पहाडी र मदन भण्डारी राजमार्ग बने तर बजार विकास हुन सकेन । प्रतिफल कमजोर भयो ।
४ पर्यटन पुर्वाधारमा लगानी गरौँ। 
५ भारतमा बढीको मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरि हिलस्टेसन बनाऔँ। त्यसलाई विवाह गन्तव्यको रुपमा विकास गरौँ। ५०/६० वटा पूर्वाधार बनाऔँ। 
६ संघियतामा आर्थिक गतिविधि बढेको देखिन थालेको छ । अहिले प्रदेश राजधानीमा खुलेको पाँच तारे होटलले यही संकेत गर्छ ।
७ ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउन पर्यो ।
८ सार्वजनिक संस्थान चलाउन हामीले जनक शिक्षाको राम्रो अभ्यास गर्यौँ। डुबेको संस्था चल्यो अहिले नाफामा छ । तीन वटा सरकारी बैंकलाई पनि हामीले नाफामा चलायौँ। नेपाल वायुसेवा निगम बलियो हुनपर्छ । तर, कसरी चलाउने  विचार गरौँ। 
९ जनताको अपेक्षा अत्यन्तै धेरै छ । कसरी सम्बोधन गर्नुहुन्छ यो मैले निकै जटिल देखेको छु । 
१० पालिका केन्द्रसम्म पुग्नेगरि १२ महिना नै चलाउन सकिने बाटो बनाउँ । 

पूर्व -अर्थमन्त्री विष्णुप्रसाद पौडेल
१ बलियो जनमत र सरकार अनि बुझेको अर्थमन्त्री हुनुहुन्छ यो सकारात्मक कुरा छ । 
२ वाचा पत्रलाई  पूर्ण परिपालन गर्न सकिने अवस्था अहिले छ । त्यसैअनुसार बजेट बनाउनुस् ।
३ रिफर्मका लागि यहाँको कमिटमेन्ट हामीले सुनेका छौँ। केही सहयोग हामीबाट चाहिए म सधैं तयार छु ।
४ स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउने हाम्रो परम्परा छ । यस्तो कमजोरीलाई सच्याउन पर्छ ।
५ स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट बनाउनु पर्दैन । संघको चुनाव जित्नेले स्थानीय चुनाव जित्छ ।
६ खानी बेचौ, ढुंगागिट्टी बेचौँ भन्दा मैले चुटाइ खानुपर्यो । चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भयो । खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्न हुन्छ । आँट गरौँ ।
७ गेम चेन्जर परियोजना गीत गाएर मात्रै नबसौँ। काम थालौँ। जस्तै बुढीगण्डकी लगायत । 

पूर्व -अर्थमन्त्री जनार्दन शर्मा
१ सल्लाह दिन रमाइलो तर कार्यन्वयन गह्रो ।  
२ बजेट राजनीतिक संकल्प पूरा गर्ने डकुमेन्ट हो । 
३ हर्मुज घाँटीमा विश्व अर्थतन्त्र अड्किएको छ । 
४ कार्यकालको चिन्ता तपाईंलाई छैन् ।
५ आफ्नै मन्त्री र नेताबाट धाकधम्की खेप्नुपर्ने अवस्था तपाईंलाई छैन् । 
६ योजना छनोट र राजश्वमा लोकप्रियता युक्त निर्णय गर्ने तपाईंले जोखिम लिने हो । 
७ संघीयता कार्यन्वयन गर्न तपाईंले बजेट ल्याउनु पर्छ । 
८ निर्मम भएर सरकारी खर्च कटौती गरौँ। 
९ हाइ अल्टिट्युट खेल पूर्वाधारमा लगानी गरौँ। 
१० फलाम,तामा जस्तो खानिज उत्खननमा लगानी गरौँ । 
११ ताजा तरकारी नेपाल कै खाउँ भन्दा मलाई अप्ठ्यारो पर्यो । तर, यो जरुरी छ । 
१२ अरु जेजे भए पनि औषधी उद्योग चाहिँ सरकारले नै चलाउन पर्छ । 
१३ रासायनिक मल कारखाना खोल्न स्वदेशी कच्चा पदार्थबाट पनि सम्भावना छ । मेरो पालाको अध्ययन पल्टाउँदा हुन्छ ।
१४ निजी क्षेत्रको आत्माविश्वास र लगानी सुरक्षामा जोड दिनुपर्नेछ । 
१५ पढ्दै कमाउँदैवा १२ कक्षा पास गर्दा सीप सहितको जनशक्ति देशले पाउने गरि बजेट आओस् । 
१६ सीमा क्षेत्रको बजार हराभरा बनाउनुपर्छ । 
१७ जुम्ला पुग्न टनेल खन्न सके यसले कर्णालीको समृद्धि ल्याउँछ

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit