Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कञ्चनपुरमा सेवाग्राहीको घरआँगनमै पुग्न थाल्यो राहदानी

कञ्चनपुरमा सेवाग्राहीको घरआँगनमै पुग्न थाल्यो राहदानी
विज्ञापन
Advertisement

महेन्द्रनगर ।  कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पु¥याउने सेवा सुरु गरिएको छ । सरकारको स्वीकृत १०० कार्यसूची अन्तर्गत सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार जिल्ला हुलाक कार्यालय कञ्चनपुरले यो सेवा कार्यान्वयनमा ल्याएको हो ।

विज्ञापन
Advertisement
Advertisement

घरमै राहदानी पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाखमा सम्झौता भएको थियो । जिल्ला हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घरआँगनमै राहदानी पु¥याउन थालिएको जानकारी दिए । उनका अनुसार पहिलो दिन प्रशासन कार्यालयबाट प्राप्त १४ राहदानीमध्ये १३ वटा सेवाग्राहीको घरमै पु¥याइएको छ । प्रशासनबाट राहदानी प्राप्त भएको दोस्रो दिनमै जिल्लाका सबै पालिकामा पुगेर वितरण गर्न सकिने प्रमुख पाण्डेयले बताए ।

बिहीबार पुनर्वास नगरपालिकामा सात, बेलौरीमा एक, दोधारा चाँदनीमा तीन तथा कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा एक–एक राहदानी हुलाक कर्मचारीमार्फत घरमै पु¥याइएको थियो । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसँगको सहकार्यले सेवाग्राहीलाई थप सहजता मिलेको जनाएको छ ।

घरमै राहदानी लिन चाहने सेवाग्राहीले राहदानी फारम भर्दा ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने व्यवस्था गरिएको छ । सबै पालिकामा हुलाक सेवा उपलब्ध भएकाले राहदानी वितरण छरितो र प्रभावकारी बनेको हुलाक कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit