Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु, यस्तो छ चुनावी तालिका (सूचीसहित)

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु, यस्तो छ चुनावी तालिका (सूचीसहित)
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन आज सम्पन्न हुँदैछ। महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकमा विधान अनुसार यी दुई महत्वपूर्ण पदको निर्वाचन कार्यक्रम तय गरिएको महासंघ निर्वाचन समितिले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

महासंघ निर्वाचन समितिले निर्वाचन कार्यक्रम आज दिउँसो १ बजे सुरु भई साँझसम्ममा अन्तिम मतपरिणाम घोषणा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

निर्वाचनको विस्तृत कार्यतालिका :  
निर्वाचन समितिले प्रकाशन गरेको तालिका अनुसार आज दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइएको छ।

दिउँसो १ ः ०० (१ ः०५ ) मतदाता नामावली प्रकाशन,

दिउँसो १ ः ०५ (१ः१०) मतदाता नामावली उपर दाबी विरोध गरिने ।

दिउँसो १ ः १५ ः मतदाताको अन्तिम नामावली प्रकाशन।

दिउँसो १ ः २० (१ ः४५ ) मनोनयन पत्र दाखिला (दर्ता)

दिउँसो १ ः५० उम्मेदवारको नामावली प्रकाशन गरिने,

दिउँसो १ ः५० –२ बजे उम्मेदवारी उपर दाबी विरोध,

दिउँसो २ ः ०५ – २ ः१५ मा उम्मेदवारी नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन।

दिउँसो २ ः ३० – ३ ः ३० मतदान हुने ।

मतदान सकिएपछि तत्काल मत गणना र निर्वाचन परिणामको घोषणा गरिने समितिले जनाएको छ।महासंघको विधान अनुसार योग्यता पुगेका कार्यकारिणी समिति सदस्यहरूलाई तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिले अनुरोध गरेको छ। विज्ञप्ति अनुसार मनोनयन शुल्क वरिष्ठ उपाध्यक्ष पदका लागि पाँच लाख रुपैयाँ र कोषाध्यक्ष पदका तीन लाख रुपैयाँ रहेको छ।

मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यसमितिको बैठकको अवस्था हेरी निर्वाचन कार्यक्रमको समय तालिकामा केही हेरफेर हुन सक्ने व्यवस्था समेत गरिएको छ। मतदान प्रक्रिया सकिएलगत्तै मत गणना सुरु गरिने र आजै परिणाम घोषणा गरिने हुँदा उद्योगी व्यवसायीहरू माझ यस निर्वाचनलाई चासोका साथ हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit