Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

म्याग्दी, मुस्ताङ र पर्वतमा १२ करोड भन्दा बढीको १७ योजना सञ्चालन

म्याग्दी, मुस्ताङ र पर्वतमा १२ करोड भन्दा बढीको १७ योजना सञ्चालन
विज्ञापन
Advertisement

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२र८३ मा करिब १२ करोड रुपैयाँ लागतका १७ वटा योजना कार्यान्वयनमा ल्याइएका छन् । कार्यालयका अनुसार पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीसँग ११ करोड ९३ लाख ७३ हजार ७४३ रुपैयाँ मा ठेक्का सम्झौता भएको हो।

विज्ञापन
Advertisement
Advertisement

आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार विसं २०८२ माघदेखि चैतसम्म ठेक्का सम्झौता भएका सबै योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण व्यवसायीहरू कार्यक्षेत्रमा परिचालित भइसकेका छन् भने सबै योजनाको म्याद आगामी असार १९ गतेसम्म रहेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम पहिरो नियन्त्रण योजनाका लागि दुई करोड २५ लाख ६९ हजार ९२९ रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ती संरक्षण योजनाका लागि ९९ लाख १९ हजार २९५ रुपैयाँ मा ठेक्का सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोला संरक्षण योजनाका लागि ८७ लाख ४४ हजार ९८२ रुपैयाँ तथा अन्नपूर्ण–४ घराप बस्ती संरक्षण योजनाका लागि एक करोड नौ लाख १६ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरिएको कार्यालयले जनाएको छ ।

मुस्ताङमा वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी बस्ती संरक्षण योजनाका लागि एक करोड ९१ लाख ४३ हजार ६९९ रुपैयाँ, थासाङ गाउँपालिका–२ लार्जुङखोला संरक्षण योजनाका लागि ७८ लाख ४४ हजार ९८२ रुपैयउाँ, लुप्रा गाउँ संरक्षण योजनाका लागि २६ लाख ८२ हजार ४५ रुपैयाँ तथा तिरिगाउँ स्याउ बगैँचा संरक्षण योजनाका लागि २५ लाख ९७ हजार १०३ रुपैयाँमा सम्झौता भएको छ ।

यसैगरी कार्यालयमार्फत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा तथा वारागुङ मुक्तिक्षेत्रका फल्याक, झोङ, ढाकारजुङ, छुसाङ, झारकोट लगायत क्षेत्रमा सिँचाइ योजना कार्यान्वयन भइरहेका छन् ।

पर्वतको फलेवास नगरपालिका–३ लमायखोलामा बहुउद्देश्यीय तलाउ निर्माणका लागि ३२ लाख ३५ हजार ९३९ रुपैयाँ, कुश्मा नगरपालिका–१० उपल्लो बिर्ता माझीखोला सिँचाइ योजनाका लागि १५ लाख ५२ हजार ५७५ रुपैयाँ तथा जलजला गाउँपालिका–७ मिलनचोकमा लुङ्दीखोला संरक्षण योजनाका लागि ९१ लाख ७८ हजार ९२० रुपेयाँ मा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit