धनगढी । कैलालीमा तालिम लिइरहेका सशस्त्र प्रहरीका आठ जना जवान बेहोस् भएका छन् ।
राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत जवानहरू शुक्रबार बिहान दौड अभ्यासका क्रममा बेहोस् भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार बिहान करिब ९ बजेतिर उनीहरू अचेत भएका हुन् ।
बेहोस् हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । उनीहरूलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो । त्यसपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
अत्यधिक गर्मीका कारण तालिमरत जवानहरूलाई शारीरिक असहजता भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्