Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी

जैविक विविधताको संरक्षण दिगो विकास र मानव कल्याणसँग जोडिएको छः मन्त्री चौधरी
विज्ञापन
Advertisement

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

अन्तरराष्ट्रिय जैविक विविधता दिवस (मे २२)का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वय सुदृढ गरिने बताइन् ।

उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याइन् । नेपाल विसं २०५० देखि जैविक विविधता महासन्धिको पक्ष राष्ट्रका रूपमा रहँदै आएको छ । यस वर्ष ‘विश्वव्यापी प्रभावका लागि स्थानीय पहल’ भन्ने नारासहित देशभर दिवस मनाइँदै छ ।

मन्त्री चौधरीले जैविक विविधता जलवायु परिवर्तन र प्रदूषणसँगै विश्वव्यापी तीन प्रमुख सङ्कटमध्ये एक भएको उल्लेख गर्दै संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

उनका अनुसार जैविक विविधता संरक्षणले खाद्य सुरक्षा, पानीको उपलब्धता, जलवायु सन्तुलन, माटोको उर्वरता तथा समग्र पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले लोपोन्मुख बाघ र गैँडाको सङ्ख्या वृद्धि, संरक्षित क्षेत्र विस्तार, सामुदायिक वन व्यवस्थापनमार्फत स्थानीय सहभागिता वृद्धि तथा पारिस्थितिक प्रणाली संरक्षणलाई सफल अभ्यासका रूपमा प्रस्तुत गरिन् ।

यद्यपि, पूर्वाधार विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषि, जल तथा खर्क जैविक विविधताको संरक्षण, संरक्षित क्षेत्र व्यवस्थापन तथा जैविक स्रोतबाट प्राप्त लाभको न्यायोचित बाँडफाँट अझै चुनौतीपूर्ण रहेको मन्त्री चौधरीले बताइन् ।

उनले संरक्षण, दिगो उपयोग र लाभको समतामूलक बाँडफाँटलाई सन्तुलित रूपमा अघि बढाउँदै जैविक विविधतालाई विकास योजनाको केन्द्रमा राख्नुपर्नेमा जोड दिइन् ।

महिला, आदिवासी जनजाति, स्थानीय समुदाय, सरोकारवाला निकाय र नागरिक समाजको सक्रिय सहभागिताबाट मात्रै ‘प्रकृतिसँग सन्तुलित जीवन’ को दीर्घकालीन लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै उनले सबैलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरिन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit