Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

आयोजना बैंकमा दर्ता बढ्दै, अध्ययनमा अझै हजारौँ आयोजना

आयोजना बैंकमा दर्ता बढ्दै, अध्ययनमा अझै हजारौँ आयोजना
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका आयोजनाको सङ्ख्या चार हजार ३९१ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आवमा मात्रै ३९० नयाँ आयोजना दर्ता भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा छ वटा आयोजना दर्ता भएका छन् भने गत चैत २२ गते १२६, वैशाख १० गते १३०, वैशाख १५ गते ३१ र यही जेठ ४ गते मात्रै १०३ आयोजना दर्ता भएका छन् । परियोजना बैंकमा रहेका आयोजनामध्ये ९२ वटा क्रमागत आयोजना रहेका छन् भने तीन हजार ९०९ आयोजना अध्ययनकै चरणमा रहेका छन् ।

यसैबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा प्रस्तुत गरेको विवरणमा मुलुकको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको उल्लेख गरेका छन् । उनका अनुसार विद्युत् उत्पादन र पर्यटक आगमन बढेको छ भने बैंकिङ प्रणालीमा पर्याप्त निक्षेप तरलता र विदेशी विनिमय सञ्चिति रहेको छ ।

वन क्षेत्रको उत्पादकत्वमा वृद्धि भई काष्ठ तथा गैरकाष्ठ वन पैदावारको निर्यात करिब २० अर्ब रुपैयाँ पुगेको अर्थमन्त्री वाग्लेले जानकारी दिए । नेपाल विश्व कार्बन व्यापारमा प्रवेश गरिसकेको र कार्बन बिक्रीबाट प्राप्त पहिलो किस्ताको ९ दशमलव ४ मिलियन अमेरिकी डलर वन विकास कोषमा जम्मा भएको पनि उनले बताए ।

कच्चा पदार्थको उपलब्धतासँगै सिमेन्ट तथा जलविद्युत् उत्पादनमा वृद्धि हुँदै गएको र यी क्षेत्र आत्मनिर्भर तथा निर्यातउन्मुख बन्दै गएको अर्थमन्त्री वाग्लेले उल्लेख गरे । उनका अनुसार डिजिटल सुशासन, सूचना प्रविधि र तौलरहित व्यापारका क्षेत्रमा नेपाली युवाशक्तिको उपयोग र रोजगारी विस्तारको सम्भावना पनि बढ्दो क्रममा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit