काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए ।
“फरार रहेका सिंहलाई हाम्रो टोलीले काठमाडौं महानगरपालिका–१३ छाउनी क्षेत्रबाट पक्राउ गरेको हो,” प्रवक्ता कार्कीले भने ।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्