images images images
images images images
images
images
images

प्रधानमन्त्री ओलीले बुझे राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष आज पेस गरेका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले ती काममा केन्द्रलाई आफ्नो तर्फबाट प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए ।

images
images

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा केन्द्र रहेकाले नियमित रिपोर्टिङ गर्ने र निर्देशन लिने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्ने बताए । भ्रष्टाचार, विकास र सुशासनको शत्रु भएकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्ने धारणा प्रधानमन्त्री ओलीले राखे । सो अवसरमा सरकारको मुख्यसचिव एकनारायण अर्यालसहित उच्चाधिकारीहरु सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिवेदन भित्र १६ औँ योजनाको लक्ष्य अनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन, छड्के जाँच आदि कार्यको विवरण छन् । अनुगमनका क्रममा कुनै अनियमितता भेटिएमा केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने गर्दछ । सुशासन कायमका लागि २०५९ साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सो केन्द्र स्थापना भएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्