Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निकुञ्ज क्षेत्रमा पानी अभाव भएपछि सिँचाइ नहर प्रयोग

निकुञ्ज क्षेत्रमा पानी अभाव भएपछि सिँचाइ नहर प्रयोग
विज्ञापन
Advertisement

चितवन । गर्मी बढेसँगै पानीको अभाव हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुका लागि नहरबाट पानी आपूर्ति सुरु गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

खगेरी नहरबाट टिकौलीदेखि देवनगरसम्मको नौ किलोमिटर क्षेत्रमा पानी छोडिएको हो । यससँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरू पुनर्भरण (रिचार्ज) गर्न पनि पानी उपलब्ध गराइएको छ । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार उक्त क्षेत्रमा रहेका १२ भन्दा बढी पोखरीमा पानी पुनर्भरणका लागि नहरबाट पानी छोडिएको छ । ‘अब निरन्तर रूपमा पानी छोडिनेछ,’ उनले भने ।

गर्मी याममा निकुञ्ज र बरण्डाभार क्षेत्रका तालतलैया सुक्दै जाँदा वन्यजन्तुलाई पानीको अभाव हुने गरेको छ । पानीको खोजीमा वन्यजन्तु बस्ती क्षेत्रमा पस्ने समस्या पनि बढ्ने गरेको छ । वन्यजन्तुको पानी आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष गर्मी मौसममा नहरमार्फत पानी छोड्ने गरिएको आयोजनाले जनाएको छ । यस वर्ष पनि नहर मर्मतपछि पानी प्रवाह सुरु गरिएको हो । उक्त क्षेत्र गैँडा, चित्तल, बाघ, भालुलगायत वन्यजन्तु तथा विभिन्न चराचुरुङ्गीको प्रमुख बासस्थान मानिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit