Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ७० जना सिटिजन लिडरहरुलाई सम्मान

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ७० जना सिटिजन लिडरहरुलाई सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी –२०२६’ सम्मान तथा प्रशिक्षण सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई कम्पनीले सम्मान गरेको जनाएको छ । जसमा ६७ जना एमडीआरटी, २ जना सीओटी तथा १ जना टीओटी क्वालिफायर रहेका थिए।

यस कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरूलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

यस्तो प्रकारका कार्यक्रमले लिडरहरुलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिए । उनले आगामी दिनहरूमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit