Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध बनाउन अर्थ मन्त्रालयद्वारा प्रवेशमा कडाइ

बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध बनाउन अर्थ मन्त्रालयद्वारा प्रवेशमा कडाइ
विज्ञापन
Advertisement

काठमाडौं । बजेट निर्माणलाई ध्यान दिँदै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । आर्थिक वर्ष २०८२/ ८३ को बजेट निर्माणको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा बजेट माग्ने नेता देखि पहुँचवालाको दैनिक जसो हुने भिडलाई मध्यनजर गर्दै अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

उसो त बजेट ल्याउन एक साता मात्र बाँकी रहँदा बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी रहेको अर्थ सचिवालयले जनाएको छ । अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले बजेटलाई व्यवस्थित बनाउन मन्त्रालय प्रवेशमा कडाइ गरिएको बताए । उनले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।‘

आर्थिक वर्ष २०८२/ ८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो । मन्त्रालयले यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit