Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधानमन्त्रीले तीन करोड नेपालीलाई सम्बोधन गरेर माफी माग्नुपर्छ : हर्क साम्पाङ

प्रधानमन्त्रीले तीन करोड नेपालीलाई सम्बोधन गरेर माफी माग्नुपर्छ : हर्क साम्पाङ
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै श्रम संस्कृति पार्टीका सांसद हर्क राज राई । तस्बिर : किरणराज विष्ट/रासस
विज्ञापन
Advertisement

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई (साम्पाङ) ले संसद्‌मा प्रधानमन्त्री बालेन शाहको उपस्थिति र हाजिरीमाथि प्रश्न उठाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधि सभाको मंगलबारको बैठकमा साम्पाङले प्रधानमन्त्री संसद् बैठकमा आउँदा नियमअनुसार हाजिर गरेरनगरेको विषयमा अभिलेख शाखासँग यकिन विवरण माग गरेका हुन्।

प्रतिनिधि सभा नियमावलीको नियम ४ को उपनियम (१) लाई देखाएर साम्पाङले बैठक कक्षमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले अनिवार्य रूपमा हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरे। सोही नियमलाई उल्लेख गर्दै उनले प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठाए। ‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैन ? त्यो हेर्नका लागि म अभिलेख शाखालाई अनुरोध गर्न चाहन्छु,’ बैठकमा साम्पाङले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ।’

यसैगरी, अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाहले यसअघि नेपालको सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालले मिचेको भूभागबारे प्रधानमन्त्रीसँग विवरण माग गरे । ‘नेपालले भारतको सीमा कहाँ–कहाँ मिचिएको रहेछ, त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन। सरकारले गल्ती गर्न पाउँदैन, गल्ती गर्ने हुनै–हुँदैन ।’

सरकारलाई गल्ती गर्ने कुनै छुट नहुने बताउँदै साम्पाङले भने, ‘यदि उहाँले आवेगमा आएर वा बिना पुष्टि र प्रमाणका कुरा राख्नुभएको हो भने, मलाई वा यहाँका सांसदहरूलाई मात्र होइन, ३ करोड नेपालीलाई सम्बोधन गरेर माफी माग्नुपर्छ।’

उनले प्रधानमन्त्रीलाई आफ्नो गल्ती तत्काल सच्याउन र संसद्‌मा उपस्थित भएर जवाफ दिन आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit