Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१६६ मेगावाटको सुपर तमोरका लागि १९ अर्ब सुनिश्चित, ग्लोबल आइएमईको अगुवाइमा ६ बैंकले गरे लगानी

१६६ मेगावाटको सुपर तमोरका लागि १९ अर्ब सुनिश्चित, ग्लोबल आइएमईको अगुवाइमा ६ बैंकले गरे लगानी
विज्ञापन
Advertisement

काठमाडौं । १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजना निर्माणका लागि १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन जुटेको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबीच लगानीसम्बन्धी द्विपक्षीय अन्तिम सम्झौता भएको हो ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा भएको उक्त सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने यस आयोजनाको कुल अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । सम्झौताअनुसार कुल लागतको ७५ प्रतिशत (१९ अर्ब रुपैयाँ)बैंकहरूको कन्सोर्टियम (सह–वित्तीयकरण) मार्फत जुटाइनेछ । जसमध्ये ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने छन्।

ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीले यो आयोजना निर्धारित समयभित्रै सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुने र विद्युत निर्यात प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्रै आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit