Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने
प्रतिनिधिमूलक तस्बिर ।
विज्ञापन
Advertisement

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक पूर्वी खण्डको सात किलोमिटर सडक संरचना परिवर्तन गरिने भएको छ । राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत् केन्द्रको संरक्षण गर्न संरचना परिवर्तन गरिने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आयोजनाभन्दा माथि सात किलोमिटर सडक घुमाएर मुग्लिन लगिने आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुँडाराज ढकालले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका–२ भुवनटारबाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फ गोरखाको पहाड काटेर राजमार्ग निर्माण गरिने उनले जानकारी दिए । ‘पुल पार गरेर पुनःसडक मुग्लिन बजारमा जोडिनेछ’, ढकालले भने ।

जलविद्युत् आयोजना हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएकाले उक्त क्षेत्रमा सडकको संरचना र स्थान परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit