काठमाडौं। कामना सेवा विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई १२ थान डस्टबिन हस्तान्तरण गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई उक्त डस्टबिनहरू हस्तान्तरण गरेका हुन् ।
विपन्न समुदायका विद्यार्थीहरू अध्ययनरत यस विद्यालयमा सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र विद्यार्थीहरूमा वातावरणीय सचेतना जगाउन यो सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
सहयोगप्रति आभार प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक थापाले डस्टबिनको प्रयोगले विद्यालय परिसरलाई स्वच्छ राख्न र विद्यार्थीहरूमा सरसफाइको संस्कार विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने बैंकले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्