काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य ओरालो लागेको छ। बिहीबार सुन तोलामा ५ हजार १ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको थियो। यो सँगै पछिल्लो दुई कारबोर दिनमै सुनको मूल्य १५ हजार दुई सय रुपैयाँले सस्तिएको छ।
बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि घटेको छ । आज एक तोला चाँदीको मूल्य ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार त्यति नै परिमाणको चाँदी ४ हजार ७ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
पछिल्ला केही दिन यता अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आउँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस चार हजार एक सय ७९ अमेरिकी डलरमा कारोबार भएको सुन आज प्रतिऔंस चार हजार ७९ अमेरिकी डलरमा झरेको छ।

















प्रतिक्रिया दिनुहोस्