Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दस्तावेज नहेरी बजेटमाथि टिप्पणी नगर्न सांसदहरुलाई अर्थमन्त्रीले दिए सुझाव

दस्तावेज नहेरी बजेटमाथि टिप्पणी नगर्न सांसदहरुलाई अर्थमन्त्रीले दिए सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे । उनले भने, ‘किताब पाएको भए पनि त्यसको शेरोफेरोमा रहेर टिप्पणी गर्नुको सट्टा समग्र बजेट विनियोजन र प्रस्तुत विवरण सुनेर धारणा बनाइएको जस्तो लाग्छ ।’

आदिवासी जनजातिका लागि छुट्याइएको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अनुसूची–२ मै स्पष्ट रूपमा विवरण उल्लेख गरिएको बताए । ‘त्यहाँ केही पनि राखिएको छैन भन्ने कुरा सुन्नमा आयो, तर दस्तावेजमै हेरेर छलफल भएको भए बहस अझ केन्द्रित हुन्थ्यो,’ उनले भने ।

उनले आगामी दिनमा मन्त्रालयगत छलफलमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा सम्बन्धित मन्त्रीहरूको उपस्थितिमा विस्तृत छलफल हुने भएकाले सांसदहरूले आफ्ना सुझाव र चासो त्यहीँ राख्न सक्ने बताए ।

उनले भने, ‘धेरै मान्य ज्युहरुले राख्नु भएका विकास निर्माणका चासोहरु अब आउँछ । मन्त्रालयगत विनियोजनमा अब शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीकै अगाडि मान्य ज्युहरुले यति कुरा राख्नु हुने नै छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit