images images images
images images images
images
images
images

मन्त्रालयको जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन

images

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन भएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

images
images

गत भदौ २३ गते र भदौ २४ गते कर्मचारीका सवारीसाधन मन्त्रालय परिसरमै थिए। त्यस दिन सिंहदरबारको मूलढोकाबाट सरकारी नम्बर प्लेटका गाडी निकाल्न दिइएको थिएन । मन्त्रालयअन्तर्गत रहेको बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका सरकारी सवारीसाधन पनि जलाइएका र त्यसको विवरण तयार पारेर प्रतिवेदन बुझाइने प्रवक्ता पण्डितले बताए ।

मन्त्रालयको ४१ गाडीमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका २९ मोटरसाइकल जलाइएका छन् । मन्त्रालय परिसरमा पार्किङ गरिराखिएका नौ मोटरसाइकल हराए तथा १० स्कुटर जलाइएका सवारी हेर्ने शाखाका कर्मचारी लोमश आचार्यले जानकारी दिए।

images
images

प्रतिक्रिया दिनुहोस्