Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बक्यौता बाँकी रहेका बागमतीका ५० उद्योगको लाइन काटियो, आज थप उद्योगलाई कारबाहीको चेतावनी

बक्यौता बाँकी रहेका बागमतीका ५० उद्योगको लाइन काटियो, आज थप उद्योगलाई कारबाहीको चेतावनी
विज्ञापन
Advertisement

बागमती । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्यागिक क्षेत्रभित्र सञ्चालित बक्यौता तिर्न बाँकी उद्योगको विद्युत् लाइन काट्ने क्रमलाई आज पनि निरन्तरता दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार ५० वटा उद्योगको विद्युत् लाइन काटेको कार्यालयले आज बिहान ६ः०० बजेदेखि बक्यौता तिर्न बाँकी रहेका थप कार्यालयको विद्युत् काट्ने कामलाई निरन्तरता दिएको हो।

कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले विद्युत् लाइन काट्ने कामका साथै बक्यौता तिरेको अवस्थामा लाइन पुनःजोड्ने कामसमेत भइरहेको जानकारी दिए । उनका अनुसार बिहीबार १२ वटा उद्योगको पुनः लाइन जोडिएको थियो ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका सानाठूला गरी १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी रहेको जनाउँदै उनले बक्यौता नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने चेतावनी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit