Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

भारतबाट ल्याइएको ३२ लाख नगतसहित दुई जना पक्राउ, हुण्डीको आशंका

भारतबाट ल्याइएको ३२ लाख नगतसहित दुई जना पक्राउ, हुण्डीको आशंका
विज्ञापन
Advertisement

काठमाडौं । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई विशेष चेकजाँचका क्रममा रोकेर जाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार अपराह्न करिब ४ बजे मलंगवा नगरपालिका–१० स्थित डिम पुल क्षेत्रमा मप्र ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालकसँग रहेको स्रोत नखुलेको ३२ लाख रुपैयाँ फेला परेको हो। घटनामा संलग्न रहेको आरोपमा रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुडुकुमार यादव र रामनगर गाउँपालिका–१ का २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल तथा ओप्पो रेनो ११ र स्यामसुङ ग्यालेक्सी एम३६ मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि हुण्डीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit