Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैं। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

यसअघि बोर्डका तत्कालिन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट बैशाखमा राजीनामा दिएका थिए । उनी १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। अब नवनियुक्त अध्यक्ष भट्टले बोर्डमा २०८५ मंसिर ९ गतेसम्म नेतृत्व सम्हाल्नेछन् ।

सरकारले बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिले सिफारिस गरेको चार जनाको नाम मध्ये अन्तरवार्तपछि सर्टलिस्टमा नवनियुक्त अध्यक्ष भट्टसँगै विनयमोहन आचार्य र मुकुन्दकुमार क्षेत्री परेका थिए ।

अन्तत : सरकारले झण्डै एक महिनाको समय लिएर बोर्ड अध्यक्ष नियुक्त गरेको छ । बिहीबार मात्रै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बोर्ड अध्यक्ष चयन गर्दा सरकारले उच्च सर्तकता अपनाइरहेको बताएका थिए । उनले बोर्ड अध्यक्षको १० पुस्ते विवरण केलाएर मात्र सरकारले नियुक्त गर्ने बताएका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit