काठमाडाैं। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।
यसअघि बोर्डका तत्कालिन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट बैशाखमा राजीनामा दिएका थिए । उनी १० मंसिर २०८१ मा धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। अब नवनियुक्त अध्यक्ष भट्टले बोर्डमा २०८५ मंसिर ९ गतेसम्म नेतृत्व सम्हाल्नेछन् ।
सरकारले बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिले सिफारिस गरेको चार जनाको नाम मध्ये अन्तरवार्तपछि सर्टलिस्टमा नवनियुक्त अध्यक्ष भट्टसँगै विनयमोहन आचार्य र मुकुन्दकुमार क्षेत्री परेका थिए ।
अन्तत : सरकारले झण्डै एक महिनाको समय लिएर बोर्ड अध्यक्ष नियुक्त गरेको छ । बिहीबार मात्रै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बोर्ड अध्यक्ष चयन गर्दा सरकारले उच्च सर्तकता अपनाइरहेको बताएका थिए । उनले बोर्ड अध्यक्षको १० पुस्ते विवरण केलाएर मात्र सरकारले नियुक्त गर्ने बताएका थिए ।














प्रतिक्रिया दिनुहोस्