रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले तालाबन्दी गरेका छन् । लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्दै आएको छ । नगरपालिकाले गएको असार ११ गते बैंकको खातामा सामाजिक सुरक्षा भताको रकम जम्मा गरेको थियो । सामाजिक सुरक्षा भत्ता समयमा नै दिने उदेश्यले बैंकमा रकम जम्मा गरेपनि अहिलेसम्म लाभग्राहीले पाएका छैनन् । लाभग्राहीले सममै रकमनपाउनु दुखद भएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय नारायण देबकोटाले बताए ।
आफू यस कार्यलयमा हाजिर भएर आएपछि पहिलो प्रथामिकता सामाजिक सुरक्षा भत्ता वितरण लाई दिएको उनको भनाइ छ ।
एक वर्षदेखिको बालपोषण भत्ताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ ।
ज्येष्ठ नागरिकको भत्ताको लागि नगरपालिकाले ५ करोड रुपैयाँ बैंकमा जम्मा गरेको थियो भने बालपोषणको लागि ९४ लाख रुपैँया बैकमा छ । एनआईसी एशिया बंैक शाखाका म्यानेजर सदेउ प्रवेजले विविध कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको उल्लेख गर्दै पन्छिए ।
तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम वितरणमा ढिला भएको उनको भनाइ छ । अब छिट्टै रकम वितरण गरिने उनले जानकारी दिए ।
गुजरा नगरपालिकाको तथ्याक अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सयले बालपोषण भत्ता बुझ्दै आएका छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्