Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

शिक्षामन्त्रीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

शिक्षामन्त्रीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै पार्टीको केन्द्रीय सदस्य पद्मा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु, पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु’, मन्त्री पोखरेलले फेसबुकमा पोस्ट गर्नुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका पोखरेल रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् ।

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत बन्द सत्रबाट प्रतिवेदन पास भएपछि मङ्गलबार निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ। यद्यपी रास्वपाको आज हुने भनिएको बन्द सत्र आजका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका टुंगोमा नपुग्दा बन्द सत्र सुरुनै नभई स्थगित भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit