Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

अख्तियार पदाधिकारीलाई पाँच घण्टा मात्र होइन पाँच वर्ष नै राखेर सल्लाह गरिन्छ : प्रधानमन्त्री बालेन

अख्तियार पदाधिकारीलाई पाँच घण्टा मात्र होइन पाँच वर्ष नै राखेर सल्लाह गरिन्छ : प्रधानमन्त्री बालेन
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्तिको दोहन र विगतका अनियमितताबारे आवश्यक परे कडा रूपमा अनुसन्धान अघि बढाइने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले विगतका भ्रष्टाचार र अनियमिततामाथि प्रश्न उठाउनु वा अनुसन्धान गर्नबाट सरकार पछि नहट्ने स्पष्ट संकेत दिए।

विशेषरी, हालै अख्तियार अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा राखेर सोधपुछ गरेकोबारे टिकाटिप्पणी भएको थियो । यद्यपी बालेन आफैँले अख्तियार पदाधिकारीलाई पाँच घण्टा कार्यालयमा राखेर सोधपुछ गरेको पुष्टि गरे । बालेनले भने–‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै राखेर सल्लाह गरिन्छ। हामी नियमभन्दा बाहिर जाँदैनौं । ’

उनले आफ्नो नेतृत्वको राजनीतिक धारलाई विकासवादी पार्टी भन्दै परिभाषित गरे। उनका अनुसार सरकारको प्राथमिकता प्रतिशोध होइन, विकास र अग्रगमन हो। ‘हाम्रो पार्टी विकासवादी हो, काम गर्ने पार्टी हो, अगाडि बढ्ने पार्टी हो। हामी पुराना विषय लिएर प्रतिशोध साँध्ने होइनौं,’ उनले भने। साथै उनले विगतमा भएका सरकारी सम्पत्तिको दोहन जस्ता विषयमा भने आवश्यक परे अनुसन्धान अघि बढाइने पनि स्पष्ट पारे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit