Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

रास्वपाले पाएको जनसमर्थन असाधारण छ, सँगै अघि बढ्न चाहन्छौं : गगन थापा

रास्वपाले पाएको जनसमर्थन असाधारण छ, सँगै अघि बढ्न चाहन्छौं :  गगन थापा
चितवन, ७ असारः रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न राजनीतिक दलका नेताहरू। तस्बिरः प्रदीपराज वन्त/रासस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै हासिल गरेको जनसमर्थन असाधारण रहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपाले प्राप्त गरेको जनविश्वास र जनसमर्थनलाई कसैले पनि नकार्न नसक्ने उल्लेख गरे। ‘रास्वपाले पाएको जनसमर्थन असाधारण छ, यसमा दुईमत छैन,’ उनले भने।

उनले नेपाली कांग्रेस रास्वपाको विरोधी नभएको स्पष्ट पार्दै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता रहेको बताए। ‘हामी एक दिन ठूलो पार्टी बन्छौं, तर रास्वपालाई सानो बनाएर होइन, सँगै लिएर अघि बढ्न चाहन्छौं,’ उनले भने।

थापाले राजनीतिक दलभित्र व्यक्तिपूजा र अन्धसमर्थनप्रति सचेत रहन आग्रह गर्दै युवापुस्तालाई नेतृत्वमाथि निरन्तर प्रश्न गर्न सुझाव दिए। ‘हामीले दाइ बनाएर, बा बनाएर गल्ती गर्यौं, तपाईंहरूले त्यो गल्ती नगर्नुहोस्। प्रश्न गर्नुस्, सामना गर्नुस्,’ उनले भने।

उनले आफूले पनि नयाँ पुस्ता र रास्वपाका कार्यकर्ताबाट धेरै कुरा सिक्न चाहेको उल्लेख गर्दै विगतका उपलब्धिहरूलाई पूर्ण रूपमा अस्वीकार नगर्न आग्रह गरे। ‘विगतका ३५ वर्षमा केही पनि भएन भनेर नभन्नुहोस्,’ उनले भने, ‘देशले विभिन्न क्षेत्रमा प्रगति पनि गरेको छ, त्यसलाई स्वीकार गर्दै कमजोरी सच्याउनुपर्छ।’

सम्बोधनका क्रममा थापाले लोकतन्त्रमा असहमति र आलोचनालाई स्वाभाविक मान्नुपर्ने धारणा राख्दै नेपाली कांग्रेस विधि र प्रक्रियाविपरीत हुने काममा प्रश्न उठाउने, तर सही कामको समर्थन गर्ने नीति अनुरूप अघि बढ्ने बताए। ‘हाम्रो कोही पनि दुश्मन होइन। नेपाली कांग्रेस विधि मिच्दा प्रश्न गर्छ, सही गर्दा समर्थन गर्छ, उनले स्पष्ट पारे।

रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit