काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यतिनै परिमाणको चाँदीको मोल चार हजार ४८५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र चाँदी प्रतितोला चार हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी, गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्