Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कृत्रिम माग गरेर धितोभन्दा बढी शेयर ‘अर्डर’ गरे कारवाही गर्ने ब्रोकरलाई नेप्सेको चेतावनी

कृत्रिम माग गरेर धितोभन्दा बढी शेयर ‘अर्डर’ गरे कारवाही गर्ने ब्रोकरलाई नेप्सेको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजारमा कृत्रिम माग सिर्जना गर्ने र नियम विपरीत खरिद आदेश प्रविष्ट गर्ने गतिविधि बढ्दै गएको भन्दै कडाइ गर्ने चेतावनी दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेप्सेले सबै कारोबार सदस्य (ब्रोकर) हरुलाई निर्देशन जारी गर्दै लगानीकर्ताको वास्तविक धितो सिमाभन्दा बढी गुणामा खरिद आदेश प्रविष्ट गराउने, अस्थायी आदेश राखेर बजारमा उच्च माग देखाउने जस्ता गतिविधि नगर्न स्पष्ट पारेको छ।

नेप्सेले एक सूचना जारी गर्दै यस्तो प्रकारका क्रियाकलापले बजारमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै प्रचलित धितोपत्र कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

निर्देशन अनुसार, धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८(१) बमोजिम अब कारोबार सदस्यहरुले कुनै पनि खरिद आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम अग्रिम रुपमा सम्बन्धित लगानीकर्ताबाट अनिवार्य रुपमा लिनुपर्नेछ।

त्यस्तै, विनियमावलीको व्यवस्थाविपरीत लगानीकर्ताको धितो सिमा भन्दा बढी रकम बराबरका खरिद तथा बिक्री आदेश प्रविष्ट गराई पछि रद्द गर्ने उद्देश्यले प्रणालीको दुरुपयोग गर्ने कार्यमा संलग्न हुन नपाइने नेप्सेले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit