Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

यातायात कार्यालयद्वारा सवा ३१ करोडभन्दा बढी राजस्व सङ्कलन

यातायात कार्यालयद्वारा सवा ३१ करोडभन्दा बढी राजस्व सङ्कलन
विज्ञापन
Advertisement

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ राजस्व जम्मा गरेको बताए ।

रुकुम–पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले ्तीन करोड पाँच लाख ६३ हजार ३२१ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले एक करोड ४७ लाख ७३ हजार २०५ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले जानकारी दिए।

कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ। कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ । सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख बराबर सवारीसाधन कर जम्मा भएको थियो ।

सुर्खेतले २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले दुई करोड ६६ लाख ५१ हजार र जुम्लाले ७३ लाख ६५ हजार रुपैयाँ सङ्कलन गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit