Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

इक्यान–आइप्यानबीच रणनीतिक सहकार्य, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अघि बढाइने

इक्यान–आइप्यानबीच रणनीतिक सहकार्य, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अघि बढाइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने तथा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित सो समझदारी भएको हो । जसअनुसार दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा विकास गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

इक्यानले विगत तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्थाका रूपमा नेपाली विद्यार्थीलाई विदेशका प्रतिष्ठित शैक्षिक संस्थासम्म पहुँच विस्तार गर्दै आएको छ। त्यस्तै, आइप्यानले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त तथा शिक्षा मन्त्रालयबाट स्वीकृत शिक्षण संस्थामार्फत नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएको छ।

समझदारीपछि इक्यानका सदस्य संस्थाहरूले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थामा सञ्चालित कार्यक्रम, अध्ययन अवसर, भर्ना प्रक्रिया, छात्रवृत्ति, प्रवेश मापदण्ड, करियर सम्भावना लगायतका विषयमा प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई थप तथ्यपरक, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा शैक्षिक कूटनीतिलाई सुदृढ बनाउने सहमति गरेका छन्। अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय समुदायमा प्रवर्द्धन गरी विदेशी विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारलाई नेपालसँग जोड्ने लक्ष्य राखिएको छ।

यसका साथै क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक अभिमुखीकरण, अन्तरक्रिया, अनुसन्धान, नीतिगत संवाद, व्यवसाय–व्यवसाय (बी–टु–बी) नेटवर्किङ, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रवर्द्धनात्मक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गरिनेछ।

समझदारीअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कार्यक्रमसमेत संयुक्त रूपमा सञ्चालन गरिने भएको छ। आर्थिक रूपमा कमजोर, जेहेन्दार, प्रतिभाशाली तथा अवसरबाट वञ्चित विद्यार्थीलाई आइप्यानका सदस्य संस्थामा छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि दुवै संस्थाले सहकार्य गर्ने भएका छन्।

समझदारी हस्ताक्षर समारोहमा दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय, प्रतिस्पर्धी र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit