Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज दोस्रो पटक तीन दिन म्याद थप भएको छ ।’

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार म्याद थपको अनुमति दिएको हो। यसअघि उनी सात दिन हिरासतमा रहेर अनुसन्धान भइसकेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टसँग सम्बन्धित शंकास्पद शेयर कारोबार र सम्पत्तिको स्रोतबारे अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो।

पौडेल पक्षले पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको छ, जसको सुनुवाइ बुधबार हुने तय भएको छ। विभागले पौडेलविरुद्ध श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर कम मूल्यमा किनबेच गरेको आशंकामा छानबिन गरिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit