Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित, देशभर २४.९ प्रतिशत मात्रै सम्पन्न 

पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित, देशभर २४.९ प्रतिशत मात्रै सम्पन्न 
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा असार १९ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको २४.९ प्रतिशत अर्थात् ३ लाख ४१ हजार २०९.४६ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उल्लेख्य रूपमा सुस्त रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष यही अवधिसम्म भने ४५.०३ प्रतिशत अर्थात् ६ लाख २३ हजार १०४.४७ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ३८.३३ प्रतिशत, बागमती प्रदेशमा ३३.२१ प्रतिशत, कर्णाली प्रदेशमा २८.१५ प्रतिशत, लुम्बिनी प्रदेशमा २०.८० प्रतिशत, मधेश प्रदेशमा १५.६४ प्रतिशत र कोशी प्रदेशमा १५.३३ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रदेशगत क्षेत्रफलअनुसार कोशीमा ४२ हजार ३५७.९६ हेक्टर, मधेशमा ६० हजार ३४६.०६ हेक्टर, बागमतीमा ३८ हजार २६.१७ हेक्टर, गण्डकीमा ३५ हजार ८८१.४ हेक्टर, लुम्बिनीमा ६२ हजार ६७०.८७ हेक्टर, कर्णालीमा १२ हजार १८५ हेक्टर तथा सुदूरपश्चिममा ८९ हजार ७४२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

मन्त्रालयले पर्याप्त वर्षा हुन थालेसँगै आगामी दिनमा रोपाइँको गति बढ्ने अपेक्षा गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit