Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

१८ जिल्लाका ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन

१८ जिल्लाका ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन
विज्ञापन
Advertisement

काठमाडौं । कृषि विभागले गुणस्तरीय बीउमा किसानको पहुँच बढाउने उद्देश्यले १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत उन्नत बीउ उत्पादन र वितरणलाई प्रोत्साहन गरिने विभागले जनाएको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न धान बालीका उत्थानशील जात विकासमा जोड दिइएको जानकारी दिए। उनका अनुसार धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने (Alternate Wetting and Drying) तथा वर्षाको पानी सङ्कलनजस्ता जलवायुमैत्री प्रविधिको विस्तार गरिनेछ।

कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशङ्कर धान जातको प्रवर्द्धन, २१ जोन र पाँच सुपरजोनमार्फत बर्खे तथा चैते धानमा यान्त्रिकीकरण विस्तार तथा मूल्य शृङ्खला विकासका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। साथै चैते धान प्रवर्द्धनका लागि किसानलाई अनुदानसमेत उपलब्ध गराइनेछ।

यसै वर्षदेखि महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा धानमा आधारित विशेष परियोजनासमेत सुरु गरिएको विभागले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit