काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) ले सन् २०२६ का लागि चार अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ ।
बैंकले होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको छ। त्यस्तै, रिटेल बैंकिङ अवार्डअन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ अवार्ड पनि आफ्नो नाममा पार्न सफल भएको बैंकले जनाएको छ।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले तरलता व्यवस्थापन, व्यापार वित्त, होलसेल तथा रिटेल बैंकिङ सेवा र बैंकिङ अभ्यासमा नवप्रवर्तनप्रति बैंकले गरेको प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको हो।
बैंकले यस उपलब्धिका लागि आफ्ना शेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र ग्राहकमैत्री सेवा प्रदान गर्दै मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्