Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

एनवाईईएफ काठमाडौंलाई युवा उद्यमीहरूको साझा मञ्चका रुपमा विकास गर्छौं : अध्यक्ष श्रेष्ठ

एनवाईईएफ काठमाडौंलाई युवा उद्यमीहरूको साझा मञ्चका रुपमा विकास गर्छौं : अध्यक्ष श्रेष्ठ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एनवाईईएफलाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर र अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

श्रेष्ठले एनवाईईएफले आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्रामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संस्थालाई नेपालको युवा उद्यमशीलताको भविष्य निर्माण गर्ने अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उद्यमशीलता रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन, सामाजिक समस्या समाधान तथा दीर्घकालीन आर्थिक समृद्धिको आधार भएको उनको भनाइ थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवालाई उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा अग्रसर बनाउन तथा नीति निर्माता र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए।

यसैगरी, विशिष्ट अतिथि अञ्जन श्रेष्ठले नेपाली युवामा रहेको सिर्जनशीलता, प्रविधिमैत्री सोच र जोखिम उठाउने क्षमताले देशको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने बताए। उनले एनवाईईएफजस्ता संस्थाले नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप इकोसिस्टम सुदृढीकरण तथा व्यवसायिक सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै महासंघले एनवाईईएफसँग सहकार्यलाई थप मजबुत बनाउने धारणा व्यक्त गरे।

हालै नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष श्रेष्ठ सँगै निवर्तमान अध्यक्ष अप्पा शेर्पा, प्रथम उपाध्यक्ष सन्दीप शर्मा, द्वितीय उपाध्यक्ष सौरभ श्रेष्ठ तथा सदस्यहरूमा सायन प्रजापति, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान रहेका छन्।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनको विकास, जिम्मेवार व्यवसायिक नेतृत्वको विस्तार तथा देशभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्ने दिशामा सक्रिय रूपमा काम गर्ने जनाएको छ। सो अवसरमा उद्यमशीलता विकास, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit