काठमाडौं । प्रसिद्ध घरेलु उपकरण ब्रान्ड बोश होम एप्लायन्सेसले नेपालका लागि चर्चित मोडल तथा उद्यमी अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ।
अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता समेत हुन् फेसन, सौन्दर्य तथा ब्रान्ड प्रचार–प्रसार क्षेत्रमा सक्रिय रहँदै आएकी उनी अस्मी श्रेष्ठ इन्टेरियर्सकी संस्थापक पनि हुन्। उनी डिजाइन, सिर्जनशीलता र उद्यमशीलताप्रति रुचि राख्छिन् ।
बोश होम एप्लायन्सेससँगको यो सहकार्यले ब्रान्डको प्रिमियम गुणस्तर, बौद्धिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय प्रदर्शनप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउने कम्पनीले जनाएको छ। आधुनिक नेपाली घरपरिवारको आवश्यकता र शैलीसँग मेल खाने प्रतिनिधित्वका रूपमा अस्मी श्रेष्ठलाई चयन गरिएको बताइएको छ।
यस साझेदारीमार्फत बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो बजार उपस्थिति विस्तार गर्दै प्रिमियम, भरपर्दो तथा आधुनिक डिजाइनका घरेलु उपकरण खोज्ने उपभोक्तासँग अझ नजिकिने लक्ष्य राखेको जनाएको छ। बोश होम एप्लायन्सेस विश्वकै अग्रणी घरेलु उपकरण ब्रान्डमध्ये एक हो। यसले जर्मन इन्जिनियरिङ, नवीन प्रविधि, दीर्घकालीन गुणस्तर र दिगो डिजाइनलाई आधुनिक घरहरूमा उपलब्ध गराउँदै आएको छ।
नेपालमा ब्रान्डले फ्रन्ट–लोड धुने मेसिन, रेफ्रिजरेटर, डिशवासर तथा बिल्ट–इन भान्सा उपकरणहरूमा विशेष ध्यान केन्द्रित गरेको छ। दक्षता, टिकाउपन र सहज प्रयोगका लागि डिजाइन गरिएका उत्पादनहरूले दैनिक जीवनलाई अझ स्मार्ट र दिगो बनाउने कम्पनीको दाबी छ।
नेपालमा यसको आधिकारिक वितरकको रूपमा लक्ष्मी इलेक्ट्रोटेक (एलईटी) रहेको छ ।















प्रतिक्रिया दिनुहोस्