Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सकारात्मक मौद्रिक नीतिको अपेक्षाले शेयर बजारमा हरियाली

सकारात्मक मौद्रिक नीतिको अपेक्षाले शेयर बजारमा हरियाली
विज्ञापन
Advertisement

काठमाडौं । साताको मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २४.५७ अंकले बढेर दुई हजार ६५१.६८ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन घटेको बजार यो दिन पुन बढ्न पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आजै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि लगानीकर्ता उत्साहित बनेका छन् । जसले शेयर बजारमा सकारात्मक प्रभावपार्ने अपेक्षा गरिएको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३५२ कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा कुमारी बैंकको ऋणपत्र, कृषि विकास बैंकको ऋणपत्र,ग्लोबल आईएमई बैंक, गरिमा बैंकको ऋणपत्र, कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३१ लाख रुपैयाँदेखि २० करोड ७५ लाख रुपैयाँसम्मको कारोबार भएको छ । यो दिन बजार बढ्ने कम्पनीमा कालंङगा हाइड्रो, सानिगढ हाइड्रो,उपकार लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावरको ५.५५ प्रतिशतले बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit