काठमाडौं । वर्षायाममा पटक–पटक बत्ती जाने (ट्रिपिङ) समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ। मन्त्रालयले विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन मनसुन अवधिभर उच्च प्राथमिकताका साथ काम गर्ने जनाएको छ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उपभोक्ताबाट गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण २४सै घण्टा तयारी अवस्थामा राखेको छ।
मन्त्रालयले मनसुनका कारण हुन सक्ने सम्भावित प्राविधिक समस्या समयमै समाधान गर्दै विद्युत् सेवा अवरुद्ध हुन नदिन थप सक्रियता अपनाएको जनाएको छ।
विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।















प्रतिक्रिया दिनुहोस्