Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
विज्ञापन
Advertisement

धरान (सुनसरी)। धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग भित्र्याइएको छ। यससँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी आएको छ भने उद्योग पूर्ण सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरेर उत्पादन नगरी लामो समयदेखि जग्गा ओगटेका उद्योगको लिज सम्झौता रद्द गरी नयाँ उद्योगसँग सम्झौता गरेको हो।

नयाँ उद्योगमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज छन्। सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ।

यसअघि नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको थियो। निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन, सार्वजनिक प्रस्ताव आह्वान र लिज हस्तान्तरण प्रक्रिया पूरा भएपछि नयाँ उद्योग छनोट गरिएको बञ्जाडेले बताए।

नयाँ उद्योगहरूले पानीका मिटर तथा फिटिङ सामग्री, निर्माण सामग्री, खाद्यान्न, पशु आहार र विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन्। उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ नयाँ उद्योग भित्र्याइएको औद्योगिक क्षेत्रले जनाएको छ।

हाल धरान औद्योगिक क्षेत्रमा ३५ उद्योग छन्। तीमध्ये ३० उद्योग सञ्चालनमा रहेका छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा छन्। सञ्चालनमा रहेका उद्योगमा एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने निजी क्षेत्रबाट करिब दुई अर्ब रुपैयाँ र सरकारी क्षेत्रबाट एक अर्ब ७० करोड रुपैयाँभन्दा बढी लगानी रहेको कार्यालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit