Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

विश्वकप फाइनलमा ट्रम्पले विजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्ने

विश्वकप फाइनलमा ट्रम्पले विजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्ने
विज्ञापन
Advertisement

बेडमिन्स्टर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष रूपमा सहभागी हुने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम छ। न्यु जर्सीमा हुने उक्त फाइनल ट्रम्पले प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ। यद्यपि, प्रतियोगिताका क्रममा उनको भूमिकाले यसअघि नै विवादसमेत निम्त्याएको छ ।

अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो । ट्रम्पले यो विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिता भएको दाबी गरेका छन् । प्रतियोगिताले अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता बढाएको उनको भनाइ छ ।

ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनलमा उपस्थित हुने जनाइएको छ । त्यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि फाइनल हेर्न पुग्ने भएका छन् ।

प्रतियोगिताको सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ । ट्रम्पको उपस्थितिलाई ध्यानमा राख्दै न्यु जर्सीस्थित रङ्गशाला वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उनी आउने समय रङ्गशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ ।

ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको सम्बन्धलाई थप प्रगाढ बनाएका छन् । उनले विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजना गर्ने अधिकार अमेरिकाले प्राप्त गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा देखाउँदै आएका छन् ।

यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरणपछि पनि विजेता टोलीसँगै मञ्चमै बसेको घटनाले चर्चा पाएको थियो । पछि उनले उक्त ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरेका थिए।

तर, फिफाले ह्वाइट हाउसमा रहेको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) भएको स्पष्ट पारेको थियो। रासस/एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit