काठमाडौं। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था यथावत् रहने स्पष्ट गरेका छन्।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शनिबार र आइतबार दिइँदै आएको बिदाबारे सरकारले पुनर्विचार नगर्ने बताएका हुन्। ‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिन दिइएको बिदाको पुनःविचार हुँदैन,’ मन्त्री पोखरेलले भने। उनले दुई दिने विदाको पूर्ण यपयोग गर्न समेत सुझाएका छन् । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा आएको असहजतालाई मध्यनजर गर्दै सुरु गरेको दुई दिने बिदाको व्यवस्था हाल समेत कायम राखेको छ।
त्यसैगरी, शैक्षिक परामर्श व्यवसायीका लागि ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ मार्फत तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था पनि फिर्ता नहुने उनले बताए। तर, उनले विद्यालय शिक्षा ऐनलगायतका महत्त्वपूर्ण कानुन निर्माण गर्दा अब सरोकारवाला पक्षसँग पूर्वपरामर्श गरिने प्रतिबद्धता मन्त्री पोखरेलले व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्