Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा, आज कहाँ–कहाँ पर्दैछ पानी ?

रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा, आज कहाँ–कहाँ पर्दैछ पानी ?
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ।

विज्ञापन
Advertisement
Advertisement

विभागको मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिइन् । त्यस अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ। महर्जनका अनुसार पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन। पछिल्लो समय अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । लुम्बिनी प्रदेशको पश्चिमी तराईमा २४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।

‘आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ’, उनले भनिन्।

विभागका अनुसार, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा पनि भारी बर्षा हुने जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit