काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् ।
नेपाली हस्तकला सामग्रीको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार महासंघ प्रतिनिधिसँग वालेनले बिहान साढे ११ बजे छलफल गर्ने समय तय भएको छ ।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी हुनेछन् ।
पछिल्लो समय प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी व्यवसायी तथा विभिन्न संघहरुका प्रतिनिधिलाई बोलाएर निरन्तर गुनासो तथा समस्याहरु सुन्दै आएका छन् । मंगलबार मात्र प्रधानमन्त्रीले तयारी पोसाक महासंघका प्रतिनिधिसँग एक घण्टा लामो छलफल गरेका थिए।















प्रतिक्रिया दिनुहोस्