काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको प्रभावकारी कार्यान्वयन र उत्पादनमूलक उद्योगका समस्या तथा सुझावबारे छलफल गर्न निजी क्षेत्रका करिब तीन दर्जन उद्योगपतिसँग विशेष बैठक गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार सोमबार अपराह्न ३ बजे मन्त्रालयमा आयोजना हुने छलफलमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेका उद्योगी–व्यवसायी सहभागी हुनेछन्।
बैठकमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा। घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ।
छलफलमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, औद्योगिक उत्पादन विस्तार, निजी क्षेत्रका समस्या, लगानी प्रवर्द्धन तथा नीतिगत सुधारका विषयमा उद्योगीहरूको धारणा र सुझाव संकलन गरिने अपेक्षा गरिएको छ।
सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित निजी क्षेत्रसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आएको छ
















प्रतिक्रिया दिनुहोस्