Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन
विज्ञापन
Advertisement

भोजपुर । कात्तिक । जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदे र वर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना दिए । विगतमा निर्वाहमुखी खेतीमा सीमित किसानहरू अहिले व्यावसायिक रूपमा आलु खेतीमा लाग्न थालेका उनले बताए । ‘जिल्लामा पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ” उहाँले भन्नुभयो,“गत वर्ष भोजपुरमा ५१ हजार मेट्रिक टन भन्दाबढी आलु उत्पादन भएको थियो । आलु किसानको राम्रो आम्दानीको श्रोत बनेको छ ।”

ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरणसँगै विभिन्न ठाउँमा आलु पकेट क्षेत्र निर्धारण गरेर प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्लामा वर्खे आलुको उत्पादन बढी हुने गरेको किसानको भनाइ छ । ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि उत्पादित आलु बेचविखन गर्न सहजता भएको टेम्केमैयुङ– ५ मझौलेका किसान धनराज राईले बताए ।

सडकका पहुँचका कारण अहिले आलु किन्न ठेकेदारहरु गाडी लिएर घरमा नै आउने गरेको उनको भनाइ छ ।

‘पहिले बेचविखन गर्न निकै समस्या थियो’ उनले ,‘पिठ्यूँमा बोकेर बेँसीसम्म लगेर र धानसँग सटही गथ्र्यौं। तर सडक विस्तार भएपछि अहिले ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्।’ उनका अनुसार, सडक पुगेसँगै किसानले उत्पादनको मूल्य समयमै पाउने र बजारसम्म सहज पहुँच बनेपछि आलु खेतीप्रति अझ आकर्षित भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit