काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न विभिन्न क्षेत्रका दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका छन्। साधारण मूल्य प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि प्रिमियम थपेर सेयर बिक्री गर्न चाहने यी कम्पनीमध्ये अधिकांश उत्पादनमूलक उद्योग छन् भने वित्तीय सेवा, हेलिकप्टर सेवा, जलविद्युत र हवाई सेवा कम्पनी पनि समावेश छन्।
सबैभन्दा बढी प्रिमियम माग्ने कम्पनी मारुती सिमेन्ट्स लिमिटेड रहेको छ। कम्पनीले प्रतिकित्ता ४२६ रुपैयाँ प्रिमियम थपेर १ करोड १६ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको छ।
त्यसपछि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड ले ३५८.८५ रुपैयाँ, हुलास इन्फ्रा लिमिटेड ले ३३३.५६ रुपैयाँ, शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड ले ३३३ रुपैयाँ र जगदम्बा स्टिल्स लिमिटेड ले ३३० रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न आवेदन दिएका छन्।
त्यस्तै कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड ले ३२७ रुपैयाँ, अम्बे स्टिल्स लिमिटेडले ३०३ रुपैयाँ, हुलास आइरन इन्डस्ट्रिज लिमिटेड ले २५५ रुपैयाँ, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड ले २४६ रुपैयाँ, भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड ले २३३ रुपैयाँ, नम्बर हिमालय हाइड्रोपावर लिमिटेड ले २१८ रुपैयाँ, शिवम होल्डिङ्स लिमिटेड ले २१० रुपैयाँ र श्री एयरलाइन्स लिमिटेड ले २०० रुपैयाँ प्रिमियम थपेर आईपीओ निष्काशनको प्रस्ताव गरेका छन्।
प्रिमियम मूल्यमा आईपीओ ल्याउन चाहने अधिकांश कम्पनी उत्पादन तथा प्रशोधन क्षेत्रका छन्। यसले नेपालका स्थापित उद्योगहरूले आफ्नो व्यवसायको मूल्यांकनका आधारमा साधारण मूल्यभन्दा बढी मूल्यमा पूँजी संकलन गर्ने रणनीतिमा कम्पनीहरु देखिन्छन् । तर, पछिल्लो एकवर्षभन्दा बढीदेखि धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि अनुमति दिएको छैन । तत्कालीन सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि अनुमति नदिनका लागि निर्देशन दिएको थियो ।
तर, अहिले सत्ता परिवर्तन भएर लेखा समितिमा नै नयाँ सदस्यहरु आइसक्दा पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि कुनै ठोस पहल भएको छैन । धितोपत्र बोर्डले भने प्रिमियम मूल्यमा आइपुग्न निष्कासनका तयारी अवस्थामा रहेको छिटटै यो विषयमा जानकारी गराउने बताए।
यी हुन् प्रिमियम मूल्यमा अनुमति माग्ने कम्पनी सूचीसहित
















प्रतिक्रिया दिनुहोस्