Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

नाइमा अटो एक्स्पोमा पारामाउण्ट मोटर्सले सार्वजनिक गर्‍यो ‘MINIEV’: मूल्य १९ लाख ९९ हजार, फिचर कस्ता?

नाइमा अटो एक्स्पोमा पारामाउण्ट मोटर्सले सार्वजनिक गर्‍यो ‘MINIEV’: मूल्य १९ लाख ९९ हजार, फिचर कस्ता?
विज्ञापन
Advertisement

काठमाडौं । पारामाउण्ट मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा नयाँ विद्युतीय कार ‘MINIEV’ सार्वजनिक गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको यो कम्प्याक्ट इलेक्ट्रिक कारको मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

MINIEV दुईवटा रेन्ज विकल्पमा उपलब्ध हुने कम्पनीको स्पेसिफिकेसनमा उल्लेख छ । यसको स्ट्यान्डर्ड रेन्ज संस्करणले एक पटकको चार्जमा २०५ किलोमिटर र लङ रेन्ज संस्करणले ३०१ किलोमिटरसम्मको CLTC रेन्ज दिने दाबी गरिएको छ ।

गाडीमा लिथियम आइरन फस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ । स्ट्यान्डर्ड रेन्जमा १८.२ किलोवाटआवर र लङ रेन्जमा २५.१ किलोवाटआवर क्षमताको ब्याट्री उपलब्ध छ । दुवै संस्करणमा अधिकतम ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । गाडीमा इकोनोमी, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन ड्राइभिङ मोड उपलब्ध छन् । कम्पनीका अनुसार AC स्लो चार्जिङमार्फत स्ट्यान्डर्ड रेन्जलाई पूर्ण चार्ज हुन करिब ४.८ घण्टा र लङ रेन्जलाई ७.२ घण्टा लाग्छ । त्यस्तै, DC फास्ट चार्जिङबाट दुवै संस्करणमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने उल्लेख छ ।

MINIEV को लम्बाइ ३२६८ एमएम, चौडाइ १५१० एमएम र उचाइ १५७५ एमएम रहेको छ । यसको ह्विलबेस २१९० एमएम तथा न्यूनतम टर्निङ रेडियस ४.५ मिटर छ । गाडीमा फ्रन्ट र रियर डिस्क ब्रेक तथा इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ भने १५५/७० R१३ टायर प्रयोग गरिएको छ ।डिजाइनतर्फ गाडीमा राउन्ड स्टार रिङ एलईडी हेडलाइट, अगाडि तथा पछाडि एलईडी पोजिसन लाइट, हाई-माउन्टेड एलईडी ब्रेक लाइट र ‘लक्की फोर-लीफ क्लोभर’ ह्वील कभर दिइएको छ ।

भित्री भागमा १०.१ इन्चको कन्सोल सेन्टर स्क्रिन, एप्पल कारप्ले/एन्ड्रोइड अटो, यूएसबी मल्टिमिडिया तथा चार्जिङ पोर्ट, ब्लुटुथ म्युजिक/फोन र कार रेडियो उपलब्ध छन् । गाडीमा इलेक्ट्रिक पावर स्टेरिङ, एयर कन्डिसन, फोर-वे एड्जस्टेबल ड्राइभर तथा प्यासेन्जर सिट र पछाडिको सिटलाई ६/४ अनुपातमा फोल्ड गर्न सकिने सुविधा रहेको छ ।

सुरक्षाका लागि ड्राइभर तथा प्यासेन्जर एयरब्याग, रिभर्सिङ क्यामेरा, रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), भेहिकल डाइनामिक्स कन्ट्रोल (VDC), हाइड्रोलिक ब्रेक असिस्ट (HBA), हिल स्टार्ट असिस्ट (HHC), एन्टी-लक ब्रेकिङ सिस्टम (ABS) र इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन (EBD) लगायतका फिचर समावेश छन् ।

पारामाउण्ट मोटर्सका अनुसार सानो आकार, विद्युतीय ड्राइभ, आकर्षक मूल्य र शहरकेन्द्रित प्रयोगलाई लक्षित गर्दै MINIEV नेपाली बजारमा ल्याइएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit