Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

बीवाईडीका गाडीमा अब एनसेलको आईओटी सिम, फोनबिनै इन्टरनेट सुविधा

बीवाईडीका गाडीमा अब एनसेलको आईओटी सिम, फोनबिनै इन्टरनेट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकबीच कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउनेसम्बन्धी साझेदारी भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिने भएको छ । आईओटी सिममार्फत बीवाईडीका सवारी साधनमा बाह्य उपकरण, मोबाइल डेटा वा वाई–फाई हटस्पटमा निर्भर नभई इन–भेहिकल इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ। यसले बीवाईडी एप इकोसिस्टमसँगै कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ।

यस सुविधा प्रयोग गरी ग्राहकले फोन कनेक्ट नगरी सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन लिन सक्नेछन्। यस्तै, प्रत्यक्ष इन–भेहिकल कनेक्टिभिटीका कारण नेभिगेसनलगायतका कनेक्टेड सुविधाको प्रयोग पनि सहज हुने बताइएको छ। एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले बीवाईडीका सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको अनुभवलाई थप सहज बनाउने बताए । उनका अनुसार स्थानीय नेटवर्कमा आधारित कनेक्टिभिटीले ग्राहकलाई बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई कनेक्टेड रहन सहयोग गर्नेछ ।

कम्पनीका अनुसार आईओटी सिममार्फत उपलब्ध हुने सुविधा सम्बन्धित सवारी साधन, सफ्टवेयर मोडल तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक हुन सक्छ। यस्तै, नेटवर्क कभरेज, स्थान र सवारी साधनको कन्फिगरेसनका आधारमा प्रयोगकर्ताको अनुभवमा पनि भिन्नता आउन सक्नेछ । यो सुविधा नयाँ बीवाईडी ग्राहकसँगै यसअघि नै बीवाईडीका सवारी साधन प्रयोग गरिरहेका ग्राहकले समेत लिन सक्नेछन्। पुराना ग्राहकले नेपालभर रहेका १३ वटा बीवाईडी आधिकारिक सर्भिस सेन्टरमध्ये कुनैमा गई आफ्नो सवारी साधनमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन् ।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी प्राविधिक नवप्रवर्तनमा केन्द्रित रहेको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले ग्राहक अनुभवलाई थप उन्नत बनाउने बताए। उनका अनुसार भरपर्दो इन–भेहिकल कनेक्टिभिटीले ग्राहकलाई बीवाईडीका इन्टेलिजेन्ट सुविधाको पूर्ण उपयोग गर्न सहयोग पुग्नेछ । यस साझेदारीलाई एनसेलले नेपालमा आईओटी प्रविधिको प्रयोग विस्तार गर्ने आफ्नो योजनाको निरन्तरताका रूपमा लिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit